यी हुन् अरुले सेक्सी भन्दा खुशी हुने नायिका



हाम्रो इकोनोमि

काठमाडौँ / लोकदोहोरी विधा बाट मनोरंजन दुनियामा प्रवेश गरेकी संचिता शाही मोडलिङ क्षेत्रमा जम्न सुरु गरेको छिन । मोडेल सबै विधामा जम्न सक्नुपर्छ भन्ने मान्यता राख्ने उनी पछिल्लो पुस्ताकी आशालाग्दी नायिकाको परिचयमा बाधिने कसरतमा छिन। मौशम गुरुङको “अन्धोपन” एल्बमबाट दर्शकहरुको नजरमा पर्न सफल सुन्दरी मोडेल शाही पछिल्ला दिनमा म्युजिक भिडियो र फिल्मको सुटिङमै व्यस्त छिन । लोकदोहोरी गीतको भिडियोले चर्चाको उपल्लो शिखरमा पुर्याएपछि उनको सक्रियता थप बढेको छ। २ वटा फिल्म र २ दर्जन म्युजिक भिडियोमा अभिनय कैद गराई सकेकी हिम्मतिली नायिका शाही अरु प्रोजेक्टमा ब्यस्त छिन।

एक दर्जनभन्दा बढि भिडियोमा काम गरिसकेको अनुभवले खारिएकी उनको अभिनयकला लोभ लाग्दो नभएर तरिफ गर्न लाएक छ। म्युजिक भिडियोमा भन्दा फिल्ममा धेरै मेहनत गर्नु पर्ने उनको अनुभवले बताउछ । फिल्म ठूलो क्षेत्र हो । गीतमा नाँचेर मात्रै पुग्ने जस्तो फिल्ममा नहुने तर्क छ उनको । फिल्ममा धेरै प्रकारका सिनहरु हुने उल्लेख गर्दै उनले आफु बेडसिन, किस सिनहरु चाही दिन नसक्ने बताउछिन। यही क्षेत्रमा जम्ने सक्दो कोशिश गर्दै आएकी उनी भन्छिन- अघि बढ्नका लागि धेरै नै संघर्ष गर्नुपर्छ । जब मानिस संघर्ष गर्छन् तब न सफल हुन्छन् । केही काम गर्दा दुःख गरियो भने बल्ल सफल भईन्छ । यही नै संघर्ष हो । सुन्दर रुपकी धनी उनलाई अचेल धेरैले हट एण्ड सेक्सी मोडेल भन्छन् । तर त्यसमा उनलाई कुनै आपत्ति छैन,बरु खुशी हुन्छिन।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...