नेपाल बंगलादेश बैंकको शेयर असार १४ बाट लिलामीमा आउँदै !



हाम्रो इकोनोमि

काठमाडौं । नेपाल बैंगलादेश बैंकले नबिकेको हकप्रद शेयर असार १४ देखि २१ सम्म सम्म लिलामीबाट बिक्री गर्ने भएको छ ।

बैंकले बैशाख १ देखि जेठ १० गतेसम्म ८० प्रतिशत शेयर जारी गरि बिक्री गरेको थियो। तीन करोड २० लाख ९४ हजार कित्ता हकप्रद शेयर जारी गरेकोमा नबिकेको नौ लाख ८८ हजार १२० कित्ता शेयर लिलामी बिक्रीका लागि आह्वान गरेको हो।

संस्थापक तर्फको १९ लाख ५११ र सर्बसाधारण समुह तर्फ नौ लाख ६८ हजार ६०९ कित्ता नबिकेको हकप्रद शेयर न्यूनतम १०० रुपैयाँमा बोलकबोल मार्फत खरिद गर्न बैंकले आह्वान गरेको छ।

सर्वसाधारणले न्युनतम १०० कित्ता माथि शेयर आवेदन दिन सक्ने निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। बैंकको बोलकबोल शिलबन्दी फाराम असार २३ गते खोल्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...