किन जादैछन् देउवा दिल्ली



हाम्रो इकोनोमि

काठमाडौँ। शेरबहादुर देउवा प्रधानमन्त्री भएकै दिन दिल्लीबाट निम्तो आएको थियो । त्यो निम्ते मान्नका लागि देउवा ३१ साउनमा दिल्ली जान खोजिरहेका छन् । त्यो दिन भारतको स्वतन्त्रता दिवस  हो ।

नजिकको छिमेकीका हैसियतले प्रधानमन्त्री देउवाको भ्रमण स्वतन्त्रता दिवसका अवसरमा गराउनु उपयुक्त हुने सुझाब नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई दिएको छ ।

भारतले विदेशी सरकारप्रमुखलाई गणतन्त्र दिवसका अवसरमा मात्रै प्रमुख अतिथिका रूपमा डाक्ने गरेको छ । भारतले राजा वीरेन्द्रलाई दुई दशकअघि गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथि बनाएर डाकेको थियो ।

भारत अहिले नेपाल मामलामा पहिलाभन्दा लचिलो भएको छ । स्थानीय निर्वाचनले लोकतन्त्रको जग मजबुत हुने र नेपालमा शान्ति, स्थायित्व र समुन्नति स्थापित हुने विश्लेषण गरेकाले ऊ नेपालप्रति लचिलो देखिएको हो । त्यसमाथि भारत इसारामा काम गर्ने नयाँ प्रधानमन्त्री पाएपछि भारतले नेपाललाई हेने दृष्टिकोण बदलेको विष्लेषकहरुको बुझाई छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला नाकाबन्दी लगाएर नेपाललाई तर्साउन खोजेका भारतले त्यतिबेला स्वाभिमानी नेपालीहरुको शिर झुकाउन सकेका थिएनन् । नेपालको मामलामा बारम्बार हस्तक्षेपकारी भूमिका खेल्ने भारतले विगतमा तराईमा एक प्रदेश थपिने गरी संविधान संशोधन हुनुपर्ने अडान राखेको थियो ।

अन्यथा नेपाल दीर्घकालिनरुपमा अस्थिरतातिर जाने र यसबाट भारतको सुरक्षामा पनि दीर्घकालिन असर पर्ने भारतको निस्कर्ष थियो ।

 

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...