अभिनयमा परिपक्क प्रजुषा,निरन्तर चम्कदै



हाम्रो इकोनोमि

काठमाडौं / हाम्रो देश नेपाल अनेक छटाले भरिएको छ। अनेक प्रकारका विविधताले बाँधिएको छ ।
यस भूमिमा कला कौशलको पनि उत्तिकै राज छ । कलाकर्मीहरूको उलेख्य उपस्थितिमा हाम्रो देशको कला क्षेत्र आफ्नो गन्तव्यको आकार तिर हिड्दैछ ।

प्राकृति स्रोत साधानको धनी हाम्रो राष्ट्र कला संगीतका धुनले पनि सिँचित छ । हाम्रो देशको भौगोलिक स्थितिमा नेपाल तराई, पहाड र हिमालमा विभाजित छ । दिशा निर्देशका हिसावमा चार सिमाना छन् । पूर्व, पश्चिम, उत्तर र दक्षिण ।

मध्येको एकभाग हो मध्य नेपाल । हो त्यही मध्य भागको सुन्दर चितवनमा जन्मेकी एउटी सुन्दरी नव प्रतिभा मोडल प्रजुशा कार्की मोडलिङ क्षेत्रमा हाम फालेकी छिन् । मदन भण्डारी मेमोरियल कलेजमा बिबिए पहिलो वर्षमा अध्ययनरत प्रजुशा कला क्षेत्र कुरुप भएको कदापि देख्न नचाहने बताउँछिन् ।

५.३ फिट अग्ली कार्की २२ बर्षकी मात्र भइन, तर उनको प्रतिभा लोभलाग्दो छ ।प्रजुशाले केही विज्ञापन र १ दर्जन जति म्यूजिक भिडियोहरुमा आफ्नो प्रतिभा कैद गराई सकेकी छिन । काठमाडौंको गोंगबु गणेशस्थानमा बसोबास गर्ने उनले दुई वटा चलचित्रमा पनि काम गर्न मन्जुरी दिईसकेकी छिन । फराकिलो परिचय बनाउन होमिएकी उनी छिट्टै नायिकाको रुपमा सार्वजनिक हुने तरखरमा छिन ।अभिनयकलामा उनी पोख्त छिन,साथै कमै उमेरकी भए पनि उनमा परिपक्कता छ।

बुबा आमालाई आफ्नो नाम बाट चिनाउने गरी यस क्षेत्रमा होमिएकी उनको आकर्षण सचिक्कै लोभ लाग्दो छ। मेहनत गरेर कुदिएको मुर्ती भन्दा सुन्दरी उनले आफ्नो सुन्दरता भन्दा निखार अभिनय गर्न सके उनी पछिल्लो पुस्ताको चर्चित नायिकाको १ नम्बर सुचिमा पर्न सक्ने संकेत उनले देखाई सकेकी छिन ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...