बैंकको एक लाख ८९ हजार कित्ता सेयर असार १३ देखि विक्री खुल्ला



हाम्रो इकोनोमि

काठमाण्डौं । नेपाल बैंक लिमिटेडले सर्वसाधारण समूहको लागि सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले एक लाख ८९ हजार छ सय २५ कित्ता सेयर असार १३ देखि १९ गतेसम्म लिलामीमा निकाल्न लागेको हो ।

उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकी बोलपत्र फारम भरी आवेदन दिन सक्नेछन् । लिलामीमा न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लिलामीमा सेयरका लागि बिक्री प्रबन्धक सिभिल क्यापिटल सिटिसि मल, सुन्धारामा पुग्नेगरी बोलपत्र फारम भर्नुपर्ने कम्पनीले जनाएको छ । बोलपत्र फारम असार २० गते बिहान ११ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ ।

बैंकले गत वैशाख ७ देखि जेठ १० गतेसम्म हकप्रद बिक्री खुला गर्दा नबिकेको सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...