दमक/ इमान लाई बन्धकी नराखेका सादगी जीवन जिउने, सदाचारी नेताका रुपमा चिनिएका रोमनाथ ओली चुनाबी भाषण गर्दै जादा आफु मात्र भाबुक बनेनन्,भाषण सुन्ने कार्यकर्ताका आखाबाट आशुका बलिन्द्र धारा नै झारिदिए। दमकका लोकप्रिय ओली त्यो क्षेत्रका बिकाश प्रेमी नेता हुन् । एकपैसा पनि नखाइ जनताको सेवा गर्ने प्रतिबद्धता जनाउदै ओलीले आफुले अघिल्लो पटक मेयर हुदै सबै देखाई सकेको बताए।
निर्वाचनमा खर्च गर्ने र तडकभडक गर्ने पैसा आफू संग नभएको बताउदै जनताको भरोसा रहेको ओलीले बताए । झापाको दमकमा भएको कोणसभालाइ सम्बोधन गर्दैै ओलीले थपे –‘मैले यहाँ सम्म आइपुग्नका लागि इमान कहिल्यै बेचिन त्यसैले साथिभाइहरुको सधै साथ र सहयोग रहयो ।’
उनले धम्क्याउन र कमिशन खान जानेको भए आफू पनि अहिले निर्वाचनमा लाखौ खर्च गर्न सक्नै हैसियतमा रहन सक्ने अवस्था आउन सक्थ्यो भन्दै आफू अर्कैको घरमा बसिरहेको स्मरण गराए ।
ओलीले गम्भिर हुँदै भने–‘मेरो अवस्था र इमान्दिारीता देखेर होला छोराछोरी पनि आफ्नो बिद्यालयमा निशुल्क पढाइदिनु भयो, बिराम पर्दा उपचार खर्च जुटाइदिनु भयो ।’ अब मलाई भोट दिएर दमकलाई अझै बिकशित गराउने काममा लगाउनु पर्ने उनको भनाइ थियो।