कपिलवस्तुमा शक्तिशाली बम विस्फोट, दर्जन घाइते



हाम्रो इकोनोमि

काठमाडौँ / कपिलवस्तु जिल्लाको बाडगंगा नगरपालिकाको गजेहाडामा नेपाली कांग्रेसका उम्मेदवारहरुले मनोनयन दर्ता गराइरहेको बेला बम विस्फोट हुँदा ६ जना व्यक्ति घाइते भएका छन्।

कपिलवस्तुबाट कांग्रेस सांसद अतहर कमाल मुसलमानले दिएको प्रारम्भिक जानकारी अनुसार बाडगंगा गाउँपालिकामा मनोनयन दर्ता भइरहेको बेलामा अज्ञात समूहले साइकलमा छाडेर गएको बम विस्फोट भएकाे हाे।

उक्त घटनामा ४ जना शिकिस्त र २ जना सामान्य घाइते भएका जानकारी आफूले पाएको कपिलवस्तु महाराज गणका एक प्रहरी अधिकृतले बताए।

उक्त गाउँपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भए अनुसार अध्यक्षमा कांग्रेसका मंगलप्रसाद थारु र उपाध्यक्षमा माओवादीका उम्मेदवारले मनोनयन दर्ता गर्दै थिए।

भारतको सिमा नजिक पर्ने उक्त स्थानमा भएको घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...