१५ हजार कित्ता सेयर आजदेखि लिलामीमा



हाम्रो इकोनोमि

काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकको आज देखि १५ हजार ९६९.६४ कित्ता सेयर लिलामीमा बिक्री खुला भएको छ । लगानीकर्ताले लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० ले भाग जाने सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यो लिलामीमा सेयर किन्न आवेदन दिने अन्तिम म्याद असार ११ गते तोकिएको छ । डिप्रोक्सले हकप्रद निष्कासनका बेला नबिकेको सर्वसाधारण समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो । यसअघि डिप्रोक्सले चैत ७ देखि वैशाख २५ गतेसम्म २५ लाख ७९ हजार २३८.४५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

लगानीकर्ताले लिलामीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंमा पुग्नेगरी बोलपत्र फारम बुझाउनु पर्नेछ । बोलपत्र असार १३ गते दिउँसो ३ बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंमा खोलिनेछ । डिप्रोक्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चुक्ता पुँजी ३४ करोड ८१ लाख ९७ हजार १९० रुपैयाँ छ । तेस्रो त्रैमासमा कम्पनीले २० करोेड ८५ लाख ८१ हजार ८८२ रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ९१ पैसा छ ।

प्रतिक्रिया दिनुहोस
भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...

१३ शाखामा नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार

  नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।...

आजका विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...