चर्चित नाम,रेखाले गरिन यस्तो पबित्र काम



हाम्रो इकोनोमि

काठमाडौं / त चिता म पुरा गर्छु भने जस्तै चर्चित गायिका रेखा शाह लाइ समाजसेवामा लाग्ने सानै देखिको रहरले क्रमिक रुपमा मूर्तता पाउन थालेको छ। आफ्नै नाममा एउटा छुट्टै फाउण्डेसन खोलेर केही वर्षदेखि शिक्षा तथा समाजसेवामा समेत सक्रिय रहादै आएकी शाहले १० जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरेकी छिन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा रहेको जोन एकेडेमी इङ्लिस स्कुलमा एल केजीदेखि कक्षा १० सम्म अध्ययन गर्दै आएका छात्रछात्राको वार्षिक, मासिक तथा परीक्षा शुल्क समेत गरी नगद रु १ लाख ३९ हजार प्रदान गरेकी हुन् । विद्यालय प्राङ्गणमा आयोजित एक समारोहमा गायिका शाहले एकेडेमीका प्रिन्सिपल घमेन्द्र भट्टराई र सञ्चालक गोपालकृष्ण रिजाललाई चेक हस्तान्तरण गरेकी थिइन् । झोला तथा अन्य पाठ्य सामग्री भने सम्बन्धित विद्यार्थीहरुलाई नै प्रदान गरेकी हुन् ।

उदार दिलकी शाहले गरीब तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग गर्ने तथा कला, साहित्य र सामाजिक गविविधिमा समेत योगदान पुर्‍याउने उद्देश्य सहित गायिका शाहले ३ वर्ष अघि आफ्नै नाममा रेखा शाह फाउन्डेसन खोलेकी थिइन् । निकै खुसी र उत्साही देखिएकी गायिका शाहले रेखा शाह फाउन्डेन मार्फत वा व्यक्तिगत रुपमै पनि सक्नेहरुले भविश्यका यी कर्णधारहरुलाई माया गर्न र दिल खुला पार्न आग्रह गरिन् । त्यही खुसीका बीच शाहले फाउण्डेसनलाई आर्थिक रुपले बलियो बनाएर समाजसेवाका थप कामहरु गर्दै जान र अर्थ सङ्कलनको प्रयोजनकै लागि आफूले छिट्टै विशेष सांगीतक कार्यक्रम गर्न चाहेको पनि बताइन् ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...