राम्रो नतिजा ल्याउनेमा सामुदायिक विद्यालय अगाडी



हाम्रो इकोनोमि

चितवन । गतवर्षको माध्यमिक शिक्षा परीक्षामा सामुदायिक विद्यालयतर्फ देशमै दोस्रो भएको यहाँको नारायणी नमुना उच्च माविले यसवर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालयका ५० जनाले ‘ए’ प्लस, ८० जनाले ‘ए’, ५४ जनाले ‘बी’ प्लस, ४१ जनाले ‘बी’ र २७ जनाले ‘सी’ प्लस ल्याएका छन् ।

विद्यालयबाट २५२ जनाले परीक्षा दिएका थिए । गतवर्ष सो विद्यालय सामुदायिक विद्यालयतर्फ देशभरको दोस्रो र मध्यमाञ्चलमा प्रथम भएको थियो ।

प्राचार्य दवाडीले राम्रो नतिजा ल्याउने देशभरका २० वटा विद्यालयमा बुझ्दा आफ्नो विद्यालय अग्रणी रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “सम्भवतः यो वर्षको परीक्षामा सामुदायिक विद्यालयतर्फ हाम्रो विद्यालय पहिलो हो ।” एक दुई दिनमा यकिन हुने उहाँले बताउनुभयो ।

विसं २०२४ बाट प्रवेशिका दिन थालेको यो विद्यालयमा अहिले कक्ष १० मा २९० जना विद्यार्थी अध्ययनरत छन् । हरेक वर्ष प्रवेश परीक्षा गराएर विद्यालयले विद्यार्थी भर्ना गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...