प्रहरी र राजपा कार्यकर्ताबीच झडप पाँच घाईते



हाम्रो इकोनोमि

नवलपरासी। नवलपरासीमा हिजो राष्ट्रिय जनता पार्टी ९राजपा० र प्रहरीबीच झडप हुँदा पाँचजना घाइते भएका छन्।
घाइते हुनेमा चारजना राजपाका कार्यकर्ता र एकजना प्रहरी सहायक निरीक्षक रहेका छन् । राजपा पार्टीले सदरमुकाम परासीमा आज आयोजना गरेको विरोध सभालाई राजपाका संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दै गर्दा प्रहरी र राजपा कार्यकर्ताबीच झडप भएको थियो।

झडपका क्रममा प्रहरीले केही राउन्ड रबर गोली र दर्जनौँ अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले चलाएको रबरको गोली लागि राजपाका कार्यकर्ता जमुनियाका ५० वर्षीय नर्सिह चौधरी, गेरमीका २७ वर्षीय सुरेश गुप्ता र नर्सहीका ४० वर्षीय भगवन्त गुप्ता घाइते भएका छन्।

यसैगरी प्रहरीको झडपमा परी नवलपरासी क्षेत्र नं– ६ का रामेश्वर कुशवाह घाइते भएको संयुक्त मधेसी मोर्चाका जिल्ला संयोजक मुकुर्जी गिरीले जानकारी दिए। घाइतेको परासी अस्पतालमा उपचार भइरहेको छ ।

सभा चल्दै गर्दा सभा नजिकै रहेको मध्यनेपाल यातायात व्यवसायी समितिको काउन्टरमा राखिएको नेकपा ९एमाले०को टिसर्टको पोकोलाई राजपाका कार्यकर्ताले जलाउने क्रममा प्रहरी र कार्यकर्ताबीच झडप भएको थियो ।

प्रहरीले राजपाका कार्यकर्ता देवगाउँका हैदर अलि मोमिन र राजेन्द्र तिवारीलाई पक्राउ गरेको छ। सभालाई राजपाका संयोजक मण्डलका सदस्य राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव, वरिष्ठ नेता हृदयश त्रिपाठीलगायतले सम्बोधन गरेका थिए । संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दै गर्दा सो झडप भएको हो । झडपपछि राजपाका शीर्ष नेतालाई सुरक्षाकर्मीले परासीकै एक होटेलमा सुरक्षित पुर्‍याएका थिए।

नागरिक दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...