‘देउवा अर्काले उचाल्दा उचालिएका हुन्,नराम्ररी पछारिन्छन’



हाम्रो इकोनोमि

काठमाडौँ / नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ को मिति सारेर प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो अक्षमता प्रदर्शन गरिसकेको आरोप लगाएका छन् । भने,‘अर्काको उक्साहटमा लागेर चुनावको मिति सार्ने काम जुन भयो, त्यो अत्यन्तै गैरजिम्मेवारीपूर्ण कदम हो, यसलाई हामीले कुनै पनि हालतमा मान्न सक्दैनौं।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले मधेशी मोर्चाको सुरुका माँगहरु दुई वटा मात्रै भएको र ती माँगहरु तत्कालिन प्रधानमन्त्री सुशिला कोइराला नेतृत्वको सरकारले संविधान संशोधनमार्फत सम्बोधन गरिसकेको उल्लेख गर्दै भने,‘तर अहिले उहाँहरुका माँगहरु एकपछि अर्को थपिँदै गैरहेका छन्।’ उनले राजपा नेपालले अहिले संशोधनको निहुँ झिकेर चुनाव नै हुन नदिने षड्यन्त्र गरिरहेको समेत आरोप लगाए ।

उनले भने,‘जे जे उनीहरुका माग छन्, ती सबै पूरा गर्दापनि उनीहरु मान्नेवाला छैनन्, किनकी उनीहरुको मनशाय नै गलत छ ।’ नेता नेपालले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफूहरुसँग कुनै छलफल नै नगरी चुनावको मिति सारेकोमा पनि आपत्ति जनाए । उनले भने,‘नेकपा एमालेजस्तो बलियो प्रतिपक्ष हुँदाहुँदैपनि उहाँहरुले हामीसँग कुनै छलफल नै गर्नुभएन्, यो त परको कुरा भयो, जसको लागि निर्वाचन सारिएको भनेर हल्ला फैलाईएको छ, स्वयम राजपाले पनि निर्वाचन सारिएको विषयलाई स्वागत गरेको छैन् ।’

नेता नेपालले सरकारले घट्नास्थापनाको अघिल्लो दिन निर्वाचन गर्ने सरकारको निर्णय नै अदुरदर्शी र गलत मनशाय बोकेको आरोप लगाए । उनले भने,‘दशैंमा निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अहिलेदेखि नै शंका उत्पन्न भएको छ।’

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...