प्रमुख दलले टुंगो लगाए तीन प्रदेशका उम्मेदवार



हाम्रो इकोनोमि

काठमाडौँ । नेकपा एमालेद्वारा तीनवटै प्रदेशका उम्मेदवारको सूची सार्वजनिक गरेको छ । स्थानीय तहको दोस्रो निर्वाचनका लागि एमालेले तीनवटै प्रदेशमा उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

गाउँपालिका र नगरपालिकाका उम्मेदवार प्रदेश कमिटी तथा उपमहानगर र महानगरको उम्मेदवार स्थायी कमिटीले टुंगो लगाएको केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले बताए । विराटनगर महानगरपालिकामा एमालेले संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक नेपालसँग तालमेलका विषयमा छलफल चलाइरहेको छ ।

नेपाली कांग्रेसले प्रदेश नम्बर २ बाहेकका तीन प्रदेशका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । गाउँपालिका, महानगर, उपमहानगर र नगरपालिकाका वडाध्यक्ष र सदस्य जिल्लामै मिले पनि नगरपालिका प्रमुख र उप्रमुखको उम्मेदवारी पार्टी केन्द्रले टुंगो लगाएको हो ।

प्रदेश नम्बर २ मा निर्वाचन नै २ असोजका लागि सरेपछि अब केही समयपछि मात्रै सबै उम्मेदवार टुंग्याएर सार्वजनिक गर्ने तयारी कांग्रेसको छ ।

यसैगरी माओवादी केन्द्रले पनि उम्मेदवार टुंग्याएको छ । माओवादी केन्द्रले पनि दोस्रो चरणमा निर्वाचन हुने तीनवटै प्रदेशका अधिकांश स्थानीय तहमा उम्मेदवार टुंगो लगाइसकेको हो । प्रदेश नम्बर ५ का तराई क्षेत्रमा पर्ने केही तहमा मात्रै टुंगो लगाउन बाँकी रहेको माओवादी केन्द्रीय कार्यालय सदस्य चक्रपाणि खनालले बताए ।

माओवादीले स्थानीय आवश्यकताअनुसार केही स्थानीय तहमा अन्य पार्टीहरूसँग चुनावी तालमेल पनि गरेको छ । प्रदेश नम्बर ७ का ८८ वटै स्थानीय तहमा भने एक्लै चुनावमा उत्रिने माओवादीले जनाएको छ ।

नयाँपत्रिका दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...