शहरी विकास मन्त्रालयको चाबी पाए प्रभु साहले



हाम्रो इकोनोमि

काठमाडौँ / विनाविभागीय मन्त्री प्रभु साहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकास मन्त्रालयको जिम्मा दिएका छन्।

सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्श पश्चात प्रधानमन्त्री देउवाले साहलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय शुक्रबार गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।

संसदबाट जेष्ठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि जेष्ठ २४ गते तीन जना उपप्रधान तथा ४ जना मन्त्री नियुक्त गरेका देउवाले माओवादी नेता साहलाई विनाविभागीय मन्त्रीमा पद तथा गोपनियताको सपथका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए।

प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तारको कार्य दोस्रो चरणको स्थानीय तह निर्वाचन पछि गर्ने भने पनि माओवादी, कांग्रेस र राप्रपाले मन्त्रिमण्डल विस्तारका लागि दबाब दिइरहेका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...