निधीका कारण चुनाब सारियो: महासचिब पोखरेल



हाम्रो इकोनोमि

काठमाडौँ/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिब इश्वर पोखरेलले प्रदेश नम्बर २ को चुनाब राजपाका कारणले नभई नेपाली कांग्रेसको स्वार्थका कारण सारिएको आरोप लगाएका छन् ।

पूर्व गृहमंत्री समेत रहेका कांग्रेस नेता बिमलेन्द्र निधीको पहलमा चुनाब सारिएको पोखरेलले बताए। प्रेस चौतारीले आज आयोजना गरेको अन्तर सम्बादमा बोल्दै पोखरेलले भने- पहिलो चुनाबमा एमालेले तागत देखाइदिए पछी आत्तिएका कांग्रेस माओबादीले चुनाब सार्ने हर्कत गरे जुन राष्ट्रघाती कदमको एमालेले भण्डाफोर गर्छ। चुनाब सारिए पनि राजपाले भाग लिनेमा शंका ब्यक्त गर्दै पोखरेलले सत्तारुढ दलले गरेका प्रतिगामी निर्णयका विरुद्वमा जनतामा जाने बताए ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...