प्रधानमन्त्रीले चीन र भारतका राजदूत किन भेटे ?



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी र चिनियाँ राजदूत यु होङले आज छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । सरकारले २ नम्बर प्रदेशको चुनाब सार्ने निर्णय गरको भोलि पल्टै दुवै देशका राजदुतले प्रधानमन्त्रीलाइ भेटे पछि कुटनीति वृतमा चासो छाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको सो भेटमा प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच आपसी हित र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे कुराकानी भएको छ । साथै चुनाबको मिति सारिनु र राजपाले थप आन्दोलन चर्काउने कुरा गरेका बिषयमा पनि छलफल भएको श्रोतको भनाइ छ। त्यसैगरी चिनियाँ राजदूत होङसँग पनि दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा थप सशक्त बनाउने र आपसी सहयोगबारे कुराकानी भएको प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारले जनाएको छ ।

देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि दुवै राजदूतको यो पहिलो भेट हो। २ नम्बर प्रदेशको मात्र चुनाबको मिति सारिनाले समस्या निम्तन सक्नेमा चिनियाँ राजदूत यु होङले चिन्ता ब्यक्त गरेका थिए। उता आजै राजपाका नेता राजकिशोर यादवले जनकपुर पुगेर मधेशलाइ अलग्याउने षडयन्त्र स्वरुप चुनाबको मिती सारिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट