सरकारको निर्णय पछि एमालेको आपत्ति,महन्थ ठाकुरले पनि दिए दनक



काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकबाट चुनाब सार्ने निर्णयलाई औपचारिकता दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई नम्बर प्रदेशमा चुनाव सार्ने निर्णयमा आपत्ति जनाएको छ । साथै यो निर्णयले देशलाई संकटतर्फ लैजाने ठहर पनि गरेको छ ।

सरकारले असार १४ गतेका लागि तय गरिएको प्रदेश नम्बर १, ५ र ७ को निर्वाचनका लागि शुक्रबार हुने भनिएको मनोनयनको मिति असार ४ गतेका लागि सार्ने निर्णय गरेको छ। एमालेले यसप्रती आपत्ति जनाउदै प्रदेश नम्बर २ मा चुनाव सारेर त्यहाँका जनताको आफ्ना प्रतिनिधि आफैँ छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित गरेको, संविधान कार्यान्वयनमा गम्भीर धक्का पुर्याएको र मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डकारी तत्वहरुको मनोबल बढाएको आरोप लगाएको छ ।

 

आफूहरुले पटक–पटकका वार्ताहरुमा कुनै हालतमा निर्वाचन सार्न नहुने कुरामा जोड दिँदै आएको भन्दै एमालेद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘सुरुमा एकै चरणमा ३१ वैशाखका लागि निर्धारित निर्वाचनमध्ये चार वटा प्रदेशमा जेठ ३१ मा निर्वाचन गर्ने निर्णयलाई नै हाम्रो पार्टीले शंकाका दृष्टिले हेर्दै यसले देशलाई संकटमा लैजाने ठहर गरेको थियो । पछि असार ९ र १४ मा निर्वाचन सार्दा पनि सरकारको उद्देश्य निर्वाचन गराउनमा भन्दा मुलुकलाई अनिश्चततातर्फ लैजानमा केन्द्रित थियो भन्ने कुरा यस घटनाले पुष्टि गरेको छ ।’

उता राजपाका अध्यक्ष महन्थ ठाकुरले पनि चुनाबको मिति सार्दैमा सबै नमिल्ने बताएका छन् । आफ्ना मागहरु पुरा नगर्दा सम्म चुनाब हुनै नसक्ने र चुनाबको मिति सार्नु समस्याको समाधान नभएको महन्थको ठहर थियो।

एमालेको विज्ञप्तिको पूर्णपाठः

असार १४ गतेका लागि प्रदेश नम्बर १, २, ५ र ७ मा निर्धारित स्थानीय निर्वाचनमध्ये प्रदेश नम्बर २ को निर्वाचन पछाडि सार्ने निर्णयप्रति नेकपा (एमाले) गम्भीर आपत्ति प्रकट गर्दछ ।

पटक–पटकका वार्ताहरुमा समेत हाम्रो पार्टीले कुनै पनि हालतमा निर्वाचन सार्न नहुने कुरामा जोड दि“दै आएको थियो । सुरुमा एकै चरणमा ३१ वैशाखका लागि निर्धारित निर्वाचनमध्ये चार वटा प्रदेशमा जेठ ३१ मा निर्वाचन गर्ने निर्णयलाई नै हाम्रो पार्टीले शंकाका दृष्टिले हेर्दै यसले देशलाई संकटमा लैजाने ठहर गरेको थियो । पछि असार ९ र १४ मा निर्वाचन सार्दा पनि सरकारको उद्देश्य निर्वाचन गराउनमा भन्दा मुलुकलाई अनिश्चततातर्फ लैजानमा केन्द्रित थियो भन्ने कुरा यस घटनाले पुष्टि गरेको छ ।

प्रदेश नम्बर २ मा निर्वाचन पछि सार्ने कदमले त्यहाँका जनताको आफ्ना प्रतिनिधि आफै छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित गरेको छैन, संविधान कार्यान्वयनमा गम्भीर धक्का पु¥याएको छ । यस घटनाले मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डकारी तत्वहरुको मनोबल बढाएको छ । कुनै ठोस कारण र औचित्यबिना निर्वाचन पर सारेर वर्तमान सत्तारुढ गठबन्धनले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको छ ।

संविधान र लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा आघात पु¥याउने यस कदमका विरुद्ध सचेत रहँदै प्रदेश नम्बर २ मा पार्टीका नियमित कामहरु अघि बढाउन मातहत कमिटीहरुलाई निर्देशन दिँदै हाम्रो पार्टी प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते हुने निर्वाचनमा सक्रियतापूर्वक लाग्न आमजनसमुदाय, पार्टीका मातहत कमिटी तथा नेता–कार्यकर्ताहरुलाई आह्वान गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय