एसईईको नतिजा भोलि सार्वजनिक हुने !



काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको सेकेण्डरी एजुकेसन इक्जामिनेसन (एसईई) को नतिजा भोलि (शुक्रबार) सार्वजनिक गर्ने भएको छ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नतिजा प्रकाशनका लागि अन्तिम तयारी भइरहेको बताउनु भयो। ‘तयारी अन्तिम चरणमा पुगेको छ। प्रविधिमा कुनै समस्या आएन भने शुक्रबार जसरी पनि नतिजा सार्वजनिक गर्छौ,’ रेग्मीले भन्नुभयो। रेग्मीका अनुसार अहिले विभिन्न जिल्लाबाट उत्तरपुस्तिका परीक्षण भएर आएको प्राप्ताङ्कलाई कम्प्युटरमा इन्ट्री गरेर त्रुटि सच्याउने काम भइरहेको छ।

विगतका वर्षहरुमा एसएलसी भनिएको यस परीक्षालाई यस वर्षदेखि शिक्षा ऐन शंसोधनसंगै एसईई नामाकरण गरिएको हो। परीक्षामा नियमित र आंशिक गरेर पाँच लाख ३८ हजार विद्यार्थी सहभागी छन्।

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री