चण्डाल चण्डीका कारण उद्योगी बीच मारामार



हाम्रो इकोनोमि

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा व्यवसायीहरुको हक हितमा भन्दा पनि व्यक्तीगत स्वार्थका कामले महत्व पाउन थाले पछी पछिल्ला वर्षदेखि महासंघ चरम विबादमा फसेको छ । प्रायजसो पदाधिकारीले विदेश शयरमा महासंघलाइ प्रयोग गर्न थाले पछि र बिदेशी नियोग र दुताबासले महासंघको नाममा विदेश गएकाहरु उतै लुकेको भनेर तागेता गरे पछि फुटको संघारमा पुगेको महासंघ स्थित स्रोतले जनाएको छ ।

 

पुर्वअध्यक्ष भई सकेका चण्डीराज ढकालले बैंकबाट ऋण लिई हाल सम्म चुक्ता नगरेपछि कारबाही बच्न महासंघलाई ढाल बनाई आएकै कारण महासंघमा विवादले उग्ररुप लिएको हो । उनी अहिले पनि फरार सूचीमा रहेकै अबस्थामा विशिष्ट सदस्य तथा कार्यकारणी सदस्य पदमा रही अबैधधन्धा चलाउदै आएका छन् । ढकाल आफुलाई महासंघभित्रको राजनीतिक केन्द्रविन्दुको रुपमा रहि रहनकालागि कुनै पनि हर्कत गर्न समेत पछि पर्ने गरेका छैनन् ।

 

महासंघकी अध्यक्ष भवानी राणा तथा यसअघिका अध्यक्ष पशुपति मुरारका र चण्डीराज ढकालले महासंघलाई नियन्त्रणमा लिएपछि अन्य सदस्यहरु भने समान्तर महासंघ नै गठन गर्नु पर्ने बारे गम्भीर छलफलमा समेत जुटेका छन् । ढकालले जे चायो त्यही महासंघमा विगत केही वर्षदेखि हुने गरेपछि विवाद झन बढ्दै गएको हो । महासंघको विधान परिर्वतन गरेर वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था ल्याउन पनि भवानी राणाले ढकालको नै साथ लिएकी थिइन । ढकालको साथले नै उक्त विधान पारित भएको थियो ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...