कक्षा ११ को परीक्षा आजदेखि सुरु !



भक्तपुर । आजदेखि देशभर एकैसाथ कक्षा ११ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो ।

आगामी असार १० गतेसम्म सञ्चालन हुने परीक्षामा परीक्षाका लागि देशभरि ९९३ परीक्षा केन्द्रमा परीक्षा सुरु भएको हो ।

परीक्षामा नियमिततर्फ तीन लाख ४८ हजार ६० र आंशिकतर्फ एक लाख ९९४ गरी देशभरबाट कुल चार लाख ४९ हजार ५४ जना विद्यार्थी सहभागी भएका छन् जसमध्ये छात्रको सङ्ख्या दुई लाख ११ हजार ८२२ र छात्राको सङ्ख्या दुई लाख ३७ हजार १७२ रहेको छ ।

सबैभन्दा धेरै परीक्षार्थी काठमाडौँमा ६४ हजार ५६४ र सबैभन्दा कम मुस्ताङमा ९३ जना छन् । काठमाडौंमा १११ र मनाङ र मुस्ताङ्मा एक–एक केन्द्र निर्धारण गरिएको छ ।

प्रत्येक परीक्षा केन्द्रमा एक–एकजना केन्द्राध्यक्ष, एक हजार ९६० जना सहायक केन्द्राध्यक्ष, २२ हजार ९१३ निरीक्षक, एक हजार ५७४ कर्मचारी, दुई हजार १७५ कार्यालय सहयोगी र ११ हजार ९१६ जना सुरक्षाकर्मी गरी कुल ४१ हजार ५३२ जना परिचालन गरिएको नियन्त्रक बतासले बताउनुभयो ।

परीक्षालाई मर्यादित र व्यवस्थित गर्न बोर्डले कडा अनुगमन गर्ने बताउँदै उहाँले परीक्षामा अमर्यादित काम गर्नेलाई ६ महिना जेल र रु एक लाख सम्मको जरिवानाको व्यवस्था गरिएको बताउनुभयो । परीक्षा अवधिभर बन्द हडताल नगर्न र परीक्षालाई बाधा नपु¥याउन बोर्डले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

क्यान्सर पुरुषभन्दा महिलामा बढी

  चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आउने नयाँ बिरामीहरुमध्ये

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ