एनआइसी एसियाको सेयर आजदेखि लिलामीमा, असार ८ गतेसम्म किन्न पाइने !



हाम्रो इकोनोमि

काठमाण्डौं । एनआइसी एसिया बैंकले सर्वसाधारण समूहको २ लाख ९८ हजार ५३६ कित्ता सेयर आज (बिहीबार) देखि लिलामीमा बिक्री सुरु गरेको छ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा त्यो भन्दा बढी भाउ तोकी बोलपत्र फारम भर्नुपर्नेछ । बोलपत्र फारम बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी पेस गर्नुपर्नेछ । लिलामीमा असार ८ गतेसम्म सेयर किन्न पाइनेछ ।

एनआइसी एसियाले गत चैत १६ देखि वैशाख १९ गतेसम्म १५५ हकप्रद निष्कासन गर्दा नबिकेको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री गरेको हो । लिलामीको बोलपत्र असार ९ गते दिउँसो १ः३० बजे एनआइसी एसिया क्यापिटल बबरमहलमा खोलिनेछ ।

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब १३ करोड ८४ लाख एक हजार रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी ६ अर्ब ३५ करोड ७९ लाख ९१ हजार रुपैयाँ पुगेको छ । एनआइसीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ५० पैसा छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...