सकियो प्रमुख चार दल र राजपाबीचको बैठक



हाम्रो इकोनोमि

काठमाडौं ।  प्रमुख चार दल र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुको बैठक सकिएको छ।

असन्तुष्ट राजपालाई फकाएर सहमतिमा ल्याउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा बसेको सत्तारुढ तीन दल र प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष नेताहरुले राजपाका नेतासँग सिंहदरबारमा अपरान्ह साढे ४ बजेदेखि सुरु गरेको बैठक भर्खरै सकिएको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु रहेका छन् भने स‌ंघीय गठबन्धन र राजपाका तर्फबाट महन्थ ठाकुर, महेन्द्र राय यादव, शरतसिंह भण्डारीलगायतका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...