गर्मीमा स्वच्छ पानी र खानेकुरा खान स्वास्थ्यकर्मीको उर्दी



हाम्रो इकोनोमि

काठमाडौँ । गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या आई अस्पताल जाने बिरामीको सङ्ख्या बढेको छ ।

गर्मीको समय सुरु भइसकेको छ । शरीरलाई चिसोको आनन्द दिने खानेकुरा सडकपेटीमा बिक्रीका लागि राख्ने पनि बढ्दैछन् । गर्मी मौसममा धेरै मानिस सडकपेटीमा राखिएका पानीपुरी, चटपटे, निबुँपानी र बरफ, आइसक्रिमलगायतका खानेकुरा खाने प्रवृत्ति बढ्दो छ ।

वरपरको वातावरण तथा बदलिँदो जीवनशैलीका कारण घरमा भन्दा बाहिरी खानेकुराको बढ्दो प्रयोेगले मानिसलाई निकै आकर्षित गर्ने गरेको छ । पानीपुरी, चटपटे जस्ता खुल्ला स्थानमा बेच्न राखिएका खानेकुरा खाने चलन बालबालिका, युवा र पाका मानिस सबैमा बढ्दो छ ।

शुक्रराज ट्रपिकल अस्पताल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन यस्ता खानेकुरा खाएर प्रभावित भएका बिरामी हरेक दिन अस्पताल आउने गरेको बताउनुहुन्छ ।

टेकु अस्पतालमा झाडापखाला तथा बान्ता हुने, रुघाखोकी लागेर लामो समय निको नभएका बिरामी सङ्ख्याको ह्वात्तै बढेको डा पुनले जानकारी दिनुभयो । झाडाबान्ताका कारण मानिसको ज्यान पनि जानसक्ने भएकाले खानेकुरा, पानी खाँदा सफा, सुरक्षित र स्वस्थकर मात्र खान उहाँ सल्लाह दिनुहुन्छ ।

त्यस्तै, गर्मीमा फोहर तथा धुलोका कारण शरीर चिलाउने अनि हातखुट्टामा घाउ हुने, सुक्खा रुघाखोकी लागेर परिवारका सदस्यमा एकअर्कालाई सरेर समस्या हुने उहाँ बताउनुहुन्छ ।

“अहिले नै गर्मीमा देखिने झाडाबान्ताका बिरामी अस्पताल आउने सङ्ख्यामा पनि वृद्धि हुन थालेको छ”, उहाँले भन्नुभयो ।

गत वर्ष यही समयमा फ्लुको सङ्क्रमण बढेको भन्दै उहाँले धुलोधुवाँ, भीडभाडबाट बच्न पनि आग्रह गनुर्भयो । कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ कृष्णप्रसाद पौडेलले गर्मी मौसममा झाडाबान्ता लाग्ने कारण दूषित खानपान तथा पानी भएको बताउनुहुन्छ ।

उहाँले कान्ति बाल अस्पतालमा झाडापखालाका बिरामीको चाप बढेको जानकारी दिनुभयो । बाहिर सडकमा राखिएका खानेकुरा बासी, सडेगलेका तथा झिङ्गा भन्किएका फोहर पानी अनि फोहरी हातबाट बनाइएका खानेकुरा खाँदा झाडापखालाले मानिसलाई सताउने गरेको चिकित्सकको भनाइ छ ।

डा पुनका अनुसार खाना राख्ने तथा खाने भाँडा फोहर भएर पनि यो मौसममा रोग लाग्छ । बजारमा काटेर राखिएका फलफूल नधोइ खानु हँुदैन । यसैगरी सागसब्जी तथा सलाद पनि सफा पानीले नपखाली खाएमा झाडाबान्ता र हैजाका सिकार हुने खतरा रहन्छ ।

यो मौसममा झिङ्गा, लामखुट्टे, फट्याङ्ग्र्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवम् रहनसहनमा विशेष ध्यान पु¥याउनु आवश्यक छ ।

यसै पनि काठमाडौँ उपत्यका हैजा र झाडाबान्ताको उच्च जोखिमयुक्त ठाउँ हो । उपत्यकामा हैजा र झाडापखाला फैलिनाका पछाडि जनसङ्ख्याको बढ्दो चाप, दूषित खानेपानी, अस्वस्थ किसिमका खानेकुरा, अज्ञानताजस्ता कारण रहेका छन् ।

डा पुन मानिसलाई बजारको वा घरमै पनि स्वस्थ र सफा पानी र खानेकुरा खानुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि बेवास्ता गर्ने गरेको दुःखेसो गर्नुहुन्छ । उहाँका अनुसार त्यसबाहेक अस्पतालमा पहाडी सर्पले डसेका बिरामी पनि दिनहुँ अस्पताल आइरहेका छन् ।
पडाडी सर्पले टोक्दा विष नलाग्ने भए पनि कहिलेकाहीँ रक्तश्राव भएर नरोकिने समस्या देखिने र त्यस्ता व्यक्तिले दैनिक वा एक दिन बिराएर रगत परीक्षण गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक, ललितपुरलगायतका स्थानबाट सर्पको डसेका बिरामी आइरहेका टेकु अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकी उपविदेश मन्त्री रोजर्स काठमाडौंमा

    अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स नेपाल भ्रमणमा...

चन्द्रमामा बस्ती बसाउने नासाको योजना

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी आधार शिविर (Moon Base) निर्माण गर्ने...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...