राजपाको प्रस्ताब पछी प्रमुख दलका शीर्ष नेताहरुको बैठक सिंहदरवारमा



हाम्रो इकोनोमि

काठमाडौं। राजपा नेपालका अध्यक्ष महन्ठ ठाकुरले सत्तारुढ दललाई आफूहरु चुनावमा सहभागी हुनको लागि आफूहरुले अघि सारेका तीन माँगहरु पूरा गर्नुपर्ने प्रस्ताव पठाए पछी प्रधानमन्त्रीले प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन्।

 

सिंहदरवारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा दलहरुबीच चलिरहेको बैठकमा राजपा आन्दोलनबारे छलफल हुने बताइएको छ। राप्रपाले आज देखि असार २ गतेसम्म मधेश बन्दको आह्वान गरेको छ भने असार १० गतेदेखि १४ गतेसम्म आमहतालको कार्यक्रम घोषणा गरेको छ।
राजपाको आन्दोलनका कारण पूर्वी तथा मध्य तराईका केही जिलाहरुमा चुनाव प्रभावित हुने देखिएपछि प्रमुख दलहरुको बैठक बस्न लागेको हो। छलफलमा कांग्रेस, एमाले सहित सरकारमा सहभागि फोरम लोकतान्त्रिकका शीर्ष नेता सहभागि हुने बताइएको छ।

आफ्ना कार्यकर्ताहरुलाई लगाईएका झुठा मुद्दा फिर्ता, जेलबाट रिहाई, सहिद घोषणा र घाईते तथा अपांगताहरुलाई उपचार खर्च दिनुपर्ने रहेको छ। यी माग
पुरा गरेमा चुनाव अघि नै संविधान संशोधन प्रस्ताव पारित नगरे पनि हुने राजपाको माग छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...