पाँच लाख ६० हजार कित्ता सेयर खुला



हाम्रो इकोनोमि

काठमाडौं / रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ताप्लेजुङ र पाँचथरका स्थानियका लागि पाँच लाख ६० हजार कित्ता शेयर जारी गरेको छ । आयोजना प्रभावित हुने पाँचथरको थर्पु र ताप्लेजुङका साब्लाखु गाविसका स्थानीयबासीका लागि एक सय रुपियाँ अंकित दरको पाँच लाख ६० हजार कित्ता शेयर जारी गरेको हो ।

कुल सेयर संख्यामध्ये दुई लाख २४ हजार कित्ता सेयर उनीहरुलाई दिने कम्पनीले जनाएको छ । त्यस्तै तीन लाख ३६ हजार कित्ता शेयरमा भने पाँचथर र ताप्लेजुङका सबै सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

स्थानीय बासीन्दाले साधारण शेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम २८ सय कित्तासम्म आवेदन गर्न सक्नेछन् । उक्त आईपीओ आवश्यक मात्रामा आवेदन परेमा असार ८ गते बन्द हुनेछ भने आवश्यक आइपीओ नपरेको खण्डमा असार २३ गतेसम्म शेयर भर्ने समय निर्धारण गरिएको छ ।

सर्वसाधारणले आईपीओमा सिभिल बैंकको पाँचथरको साविक थर्पु गाविसको मेदिबुङ बजार र फिदिम शाखा बाट आवेदन गर्न सक्नेछन् । त्यस्तै माछापुच्छ्रे बैंकको फिदिम शाखा, एनआइसी एशिया बैंकको फिदिम शाखा, एनएमबि बैंकको फिदिम शाखा र ताप्लेजुङको फुङलिङ शाखाबाट समेत शेयरमा आवेदन गर्न सक्नेछन् ।

ताप्लेजुङ र पाँचथरस्थित इवा खोलामा निर्माण भइरहेको रैराङ आइड्रोपावरको निर्माणको काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । आयोजनाले इवाखोलाबाट अधिकतम १२.३ क्युविक मिटर प्रतिसेकेन्ड पानी उपयोग गरी ९.९ मेगावाट क्षमताको विद्युत शक्ति उत्पादन गर्नेछ । आयोजनाबाट उत्पादनभएको बिजुली नेपाल विद्युत प्राधिकरणको अमरपुर सवस्टेशनसम्म पु¥याइने छ । र, अमरपुर सवस्टेशनवाट राष्ट्रिय ग्रीड प्रणालीमा विद्युत समाहित हुनेछ ।

अहिलेसम्म निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सकिएको र २०७४ माघ मसान्तभित्र निर्माण सम्पन्न भइसक्ने आयोजना प्रमुख कुबेरमणि नेपालले जानकारी दिए । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच इवाखोला विद्युत आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री सम्झौता २०७० वैशाख २९ गते सम्झौता भएको थियो ।

कम्पनीले आयोजनाको निर्माणको लागि २०७३ कात्तिकवाट ठेकेदार कम्पनीहरु परिचालन गरेको नेपालले जानकारी दिए । इवा खोला आयोजनाको निर्माण कार्य सम्पन्न गर्न १६० करोड रुपैयाँ लाग्ने वित्तीय प्रक्षेपण गरी आयोजनाको निर्माण कार्य थालनी भएको हो । कुल लगानीमध्ये ३५ प्रतिशत स्वःलगानी तथा ६५ प्रतिशत वैंकको ऋण रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...