पूर्व अर्थमन्त्री महत पनि तानिदै,चुडामणिका मतियारले देश छाडे



हाम्रो इकोनोमि

काठमाडौँ/ कर फछर्याेट आयोगका अध्यक्ष लुमध्वज महत र सदस्य उमेश ढकालले देश छाडेका छन् ।आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा भ्रष्टाचारको आरोपमा पक्राउ परे पछी आतिएका दुवै शर्मा समतिदा नेपालमै थिए।

अख्तियारले महत र ढकाललाई पनि बयानका लागि पत्र काटेको छ ।शर्मा पक्राउ परेलगतै उनी दुई जनाले देश छाडेको भरपर्दो श्रॊतको दावी छ।उनीहरुलाई अख्तियारले तीन दिनभित्र बयानका लागि बोलाएको छ । विदेशमा रहेका महत र ढकालका परिवारले अख्तियारको पत्र बुझेका छन् । तर दुवै जना भने विदेशमा रहेका छन् । पक्राउ परेका शर्माले आफ्नो बयानमा उनीहरुको पनि नाम लिन सक्ने आशंका बढेपछि देश छाडेको स्रोतले बताएको छ ।

शर्माले अख्तियारको टोली समक्ष दुबैजनाको नाम लिएको र उनीहरुकै सहयोगमा सबै काम गरेको बताएको अख्तियारको उच्च श्रोतले बतायो । श्रोतका अनुसार यो केशमा पूर्व अर्थमन्त्री राम शरण महत पनि तानिदै छन्।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...