भरतपुर महानगरको मुद्दा आज पनि सुनुवाईमा



हाम्रो इकोनोमि

काठमाडौँ/ बहुचर्चितभरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्देशन विरुद्ध दर्ता भएको रिट निवेदनमाथि कायम मुकाय प्रधानन्यायाधीस गोपलाप्रसाद पराजुली र न्यायाधीस हरिकृष्ण कार्कीको संयुक्त इजलासमा सुनुवाई हुँदैछ।

सर्वोच्च अदालतले मंगलबार जारी गरेको दैनिक कार्यसूचि अनुसार, न्यायाधीसद्धय पराजुली र कार्कीको संयुक्त इजलासले उक्त मुद्दाको सुनुवाई गर्ने जानकारीसहित १७ नम्बरको सूचिमा राखेको छ।

जेष्ठ १४ गते राती मतगणना कार्य भइरहेको बेला एमाले र माओवादी उम्मेदवारका प्रतिनिधिबीचको विवादपछि मतगणना भइरहेको वडा नम्बर १९ का ९० मतपत्र च्यातिएको थियो।

त्यसपछि स्थगित भएको मतगणना कार्यलाई बदर गर्दै केही समय अघि निर्वाचन आयोगले सो वडामा पुन मतदान गर्न निर्देशन दिएको थियो।

उक्त निर्णय विरुद्ध सदन र सडकमा चर्को विरोध जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट सो वडामा सदस्य पदका उम्मेदवार गुञ्जमान विकसहित २ जनाले निर्वाचन आयोगको निर्णय विरुद्ध अदालतमा रिट दर्ता गरेका थिए।

उक्त निवेदनमाथिको प्रारम्भिक सुनुवाईका क्रममा अदालतले आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन भन्दै जेष्ठ २८ गतेका लागि पेशी तोकेपनि त्यसदिन सुनुवाईको पालो आउन सकेको थिएन।

आजको कार्यसूचिमा पनि पछाडि परेको रिट निवेदनमाथि अदालतले कुनै निर्णय दिने नदिने कुनै टुंगो छैन।

 

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...