राजपालाई सकेसम्म खुसी पार्ने, नसके चुनाबै सार्ने



हाम्रो इकोनोमि

काठमाडौँ/ प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दोस्रो चरणको स्थानीय तहको निर्वाचन र सरकार सञ्चालनका विषयमा छलफल भएको छ ।

 

अध्यक्ष दाहालको निवास लाजिम्पाटमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दोस्रो चरणको स्थानीय तहको निर्वाचन र सरकार सञ्चालनका विषयमा छलफल भएको छ ।
आज भएको छलफलमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको निर्वाचनका विषय नै प्रमुख प्राथमिकतामा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएको समयमा नै पूरा गर्ने र असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपाललाई सहमतिमा ल्याउने विषयमा थप वार्ता र संवादको प्रक्रिया जारी राख्ने विषयमा कुराकानी भएको थियो ।

सहमति र सझदारीका आधारमा नै निर्वाचन प्रक्रियालाई अगाडि बढाउने विषयमा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालबीच छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । यस्तै छलफलमा मन्त्रिपरिषद् विस्तार र सरकारका अन्य काम कारबाहीका विषयमा समेत कुराकानी भएको थियो ।केहि पार नलागे राजपाले भने बमोजिम चुनाब सार्न पनि तयार रहेको श्रोतले बतायो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...