ओलीले भने- देउवा सरकारको आयु १२० दिन,त्यसपछी युरेनियम निकाल्छौं



हाम्रो इकोनोमि

काठमाडौँ/सोमबार प्रदेश नम्बर ३ मा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई ललितपुरमा संबोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको चुनावपछि एमालेलाई सरकारमा जानबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

अध्यक्ष ओलीले स्थानीय तह, प्रदेश र केन्द्रको चुनाव सकिएपछि अरु सबै दलहरु मिले पनि सरकारमा जानबाट एमालेलाई रोक्न नसक्ने दावी गरे । अहिले कांग्रेस र माओवादी केन्द्र लगायतका दलहरु मिलेर एमालेलाई प्रतिपक्षमा राखेजस्तो चुनावपछि कसैले नसक्ने उनले जिकिर छ गरे ।
‘कांग्रेस–माओवादी मिलेर हामीलाई प्रतिपक्षमा राखेका छन् ।
चुनाव पछि कसले मिलेर प्रतिपक्षमा राख्दोरहेछ ?’ उनले भने ‘अब तपाईहरुको गाडी धेरै गुड्दैन । दुई चार महिना गुड्ने हो ।’अबको चार महिना त हो नि देउवाजी रहने त्यसपछि एमाले नेतृत्वमा सरकार बनेपछि युरेनियम प्रशोधन गर्ने पनि उनले बताए । ‘हामीसँग युरेनियम छ । हाम्रा छिमेकी मित्रले चित्त नदुखाउन् चाहिन्छ भने किने हुन्छ’ उनले भने, ‘अहिले सेनालाई जिम्मा दिएको छ । सरकार बनेपछि युरेनियम निकाल्छौं ।’

अध्यक्ष ओलीले स्थानीय चुनावमा एमालेलाई सजिलै पराजित गर्न नसकेपछि अनेक धाँधली र षड्यन्त्र भएको दावी गरे । भरतपुरमा मतपत्र च्यातिएको, भक्तपुरको चाँगुनारायण नगरपालिकामा मतगणना स्थगित गरिएको लगायतका उदाहरण दिँदै उनले एमालेले जित्ने ठाउँमा सत्तारुढ दलले षड्यन्त्र गरेको आरोप लगाए । ‘अरुले दौडेर जित्ने अवस्था छैन । छिर्के लगाएर लडाउने काम भएको छ’ उनले भने ‘ललितपुरमा त्यही काम भएको हो । जितेको मान्छेलाई हराइएको छ । हाम्रो पनि समयमा सतर्कता भएन। एमाले अगाडि गएको ठाउँमा रोक्न खोजियो ।’

एमाले अध्यक्ष ओलीले एमालेबाट विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारीपूर्वक नागरिकको काम गर्न सुझाव दिए । अहिलेको स्थानीय सरकार पहिलाजस्तो स्थानीय निकायजस्तो नभएको भन्दै उनले संविधान तोकेको जिम्मेवारी पूरा गर्न सक्रिय हुन आग्रह गरे । ‘संविधान पढ्नुभएको थिएन होला । अब सबै पाना पल्टाउनुपर्छ । अनुसूचि भनेको के हो थाहा पाउनुपर्छ ।’ स्थानीय तहमा उपाध्यक्ष र सदस्य निर्वाचित भएका प्रतिनिधिहरुलाई संबोधन गर्दै अध्यक्ष ओलीले उपाध्यक्षले न्यायिक समितिको नेतृत्व गर्नुपर्ने स्मरण गराए ।
‘तपाईहरुले न्यायाधीशको काम गर्नुपर्छ । निष्पक्ष रुपमा गर्नुहोला । जोखाना हेरेर हुँदैन’ उनले भने ‘जितेर अबिर लाउनु भयो । अब दुखका दिन सुरु भयो । अब प्रमाणित गर्नुपर्छ ।’

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...