डीआईजी बढुवामा चलखेल



हाम्रो इकोनोमि

काठमाडौँ । सशस्त्र प्रहरी बलभित्र समयमा बढुवा नहुँदा एसपी कुलबहादुर नेम्बाङ २०७४ असार २६ गते पेन्सन समेत नपाउने गरी अवकाश हुने भएका छन् । एसपीद्धय नेम्बाङ र राजेन्द्र अधिकारी २०७४ असार २६ गते १० वर्षे पदावधीका आधारमा अवकाश हुँदैछन् । अधिकारीको पेन्सन भैसकेको छ तर नेम्बाङ बढुवा नभए पेन्सन समेत नपाउने गरी अवकाश हुनेछन् ।

नवनियुक्त गृहमन्त्री जनार्दन शर्मा २०७४ जेठ २५ गते सशस्त्र प्रहरी बलको निरीक्षणमा गएका बेला आईजीपी सिंहबहादुर श्रेष्ठ सहितका उच्च अधिकारीले बढुवा प्रकृया सुरु गर्नुपर्ने कुरा जानकारी गराएका थिए । पेन्सन नै नपाई अवकाश हुन लागेकाले गृहमन्त्री शर्माले प्रकृया तत्काल शुरु गर्न निर्देशन दिएपछि सशस्त्रले रिक्त ५ डिआईजीमा बढुवाका लागि सूचना निकालेको छ । जसअनुसार आवेदन भर्ने म्याद २०७४ जेठ २८ गते मा सकिएको छ । सशस्त्र डिआईजीको बढुवामा योग्यताको बारेमा पनि कुरा उठेका छ ।

अहिले यहि विषयलाई लिएर बढुवामा चलखेल शुरु भएको बताईन्छ । यसका लागि एसएसपी संजय राणा र भरत श्रेष्ठले जेठ २४ गते गृहमन्त्री शर्मालाई भेटी पूर्व आईजीपी कोषराज वन्तले प्राविधिकहरुलाई मात्र बढुवा गर्ने गरेको गुनासो गरेका छन् । उनीहरुले विगतमा एसएलसी पास नभएका बलरामबहादुर केसी डिआईजी भैसकेको उदाहरण समेत प्रस्तुत गरेका छन् । अहिले आईए पास भएकाहरुलाई बढुवा गर्नको लागि राणा र श्रेष्ठ लागिरहेका छन् । तर त्यसो गर्नको लागि बढुवाको सूचना रोक्नुपर्ने हुन्छ । त्यो भएको छैन । यसो हुँदा राणा र श्रेष्ठ बढुवाबाट रोकिनेछन् । साँघु साप्ताहिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...