ग्लोबल आईएमई बैंक र युएई एक्सचेन्जको सहकार्य



हाम्रो इकोनोमि

काठमाडौँ । ग्लोबल आइएमई बैंकले यु.ए.ई एक्सचेन्जसंगको सहकार्यमा युएई एक्सचेन्जबाट नेपालमा पैसा पठाउने व्यवस्था मिलाएको छ ।

बैंकले विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएको हो । युएई एक्सचेन्ज खाडी (गल्फ) मुलुकको सबैभन्दा ठुलो एक्सचेन्ज कम्पनी हो । खाडी मुलुकमा कार्यरत नेपालीहरुले उक्त एक्सचेन्ज कम्पनी मार्फत नेपालमा रहेका आफ्ना आफन्तहरुलाई ग्लोबल रेमिट मार्फत पठाएको पैसा छिटोछरितो र सहजरुपमा नेपालमा रहेका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा तथा आई एम ई रेमिट्यान्स, बेष्ट रेमिट र एस रेमिटका ७ हजार भन्दा बढि एजेन्टबाट तत्काल भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै युएई, कतार, बहराईन, इण्डिया, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीया लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरु संगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहे बैंकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...