मतपत्र च्यात्नेलाई भोट नदिन ओलीको उर्दी



हाम्रो इकोनोमि

नेपालगन्ज/चुनावी प्रचारका क्रममा बाँकेको नेपालगन्ज पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने उम्मेदवारीमा असन्तुष्टि राखेर एमालेले एमालेलाई नै हराउने छुट नरहेको भन्दै चुनाव जितेपछि मात्र गुनासाहरुको सुनुवाई हुने बताएका छन् । नेपालगन्ज आइतबार कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने- असार १४ गतेपछि पनि घाम लाग्छ, कसैको असन्तुष्टि छन् भने तीनको समाधान चुनावपछि हुनेछ ।

अब चुनाब हुने सबै प्रदेशमा एमालेको हालीमुहाली हुने ओलीको भनाइ थियो। जंगिदै ओलीले भने-मधेसमा एमाले बढारिन्छ भन्नेहरुलाई केही भन्नु छैन, मत गन्न थालेपछि थाहा हुनेछ एमाले बढारिन्छ कि एमालेले बढार्छ ।२ नम्बर प्रदेशको सन्दर्भमा फरक परिणाम आउने भन्दै मधेसमा एमाले बढारिन्छ भन्नेहरुले जेठ १५ गतेपछि ‘मुटु थाम्न नसक्ने’ टिप्पणी गरे । सत्ता साझेदार दलहरु प्रती आगो ओकलेका ओलीले कांग्रेस र माओवादीलाई मत दिनुपर्ने कारण नरहेको दावी गरे । भरतपुरमा हार्ने निश्चित भएपछि कांग्रेस-माओवादीले बालुवाटारमा योजना बनाएर मतपत्र च्यातेको आरोप समेत उनले लगाए ।

जनताले कांग्रेस माओवादीलाई भोट माग्न आउदा सोध्नुपर्छ-हाम्रो मत च्यात्नेलाई किन भोट दिने ?उनीहरुलाई मत किन दिने ? मतपत्र च्यात्नका लागि दिने ? भनेर झापर्नु पर्ने तर्फ जोड दिए।ओलीले पार्टीलाई चुनाव जिताउनका लागि दिनमा ३/४ घण्टामात्र सुत्ने गरेको भन्दै कार्यकर्तालाई पनि चुनावसम्म गर्मी झेलेरै चुनावमा खटिन निर्देशन दिए । उनले कार्यकर्तालाई ‘धनुषबाट छुटेको बाँण जस्तै’ हुन आग्रह गरे ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...