४० करोड खायो भिबोर सोसाईटी डेभलप्मेन्ट बैंकले



हाम्रो इकोनोमि

काठमाडौँ । पाँच वर्षअघि बैंकमा निक्षेप जम्मा गरेका सर्वसाधारणको लगभग एक अर्ब रुपैँया भिबोर सोसाईटी बैंकले फिर्ता नगरेपछि अहिले पिडतहरुले आन्दोलन शुरु गरेका छन् ।

पुनरावेदन अदालतले जनताको निक्षेप फिर्ता दिनु भन्ने फैसला गरेपछि ६० प्रतिशत रकम फिर्ता पाएका थिए भने ४० प्रतिशत रकम निक्षेपकर्ताले अझै पाएका छैनन् । प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाल रहेको उक्त बैंकको सञ्चालक समितिको अध्यक्षमा सुशिलराज पराजुली छन् ।

सञ्चालक समितिमा राजेश अग्रवाल, प्रेम तिवारी, अशोक पाण्डे र रुपज्योती रहेका छन् ।पिडित संघका अध्यक्ष ज्ञानेन्द्र केसीका अनुसार प्रमुख कार्यकारी अधिकृत र अन्य सञ्चालक समितिका सदस्यले रकम फिर्ता गर्न माने पनि सञ्चालक रुपज्योति भने रकम फिर्ता गर्न हुन्न भन्ने पक्षमा छन् । १०० जना जति पिडित जम्मा भई भिबोर सोसाईटी डेभलप्मेन्ट बैंक चारखालमा नारा जुलुस गरेका थिए । भोली १२ बजे पाँच सय भन्दा बढी संख्यामा पिडितहरु उपस्थित भई बैैंक घेराउ कार्यक्रम रहेको र त्यसपछि पत्रकार सम्मेलन गर्ने पिडित संघका अध्यक्ष  केसीले  जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...