४० करोड खायो भिबोर सोसाईटी डेभलप्मेन्ट बैंकले



हाम्रो इकोनोमि

काठमाडौँ । पाँच वर्षअघि बैंकमा निक्षेप जम्मा गरेका सर्वसाधारणको लगभग एक अर्ब रुपैँया भिबोर सोसाईटी बैंकले फिर्ता नगरेपछि अहिले पिडतहरुले आन्दोलन शुरु गरेका छन् ।

पुनरावेदन अदालतले जनताको निक्षेप फिर्ता दिनु भन्ने फैसला गरेपछि ६० प्रतिशत रकम फिर्ता पाएका थिए भने ४० प्रतिशत रकम निक्षेपकर्ताले अझै पाएका छैनन् । प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाल रहेको उक्त बैंकको सञ्चालक समितिको अध्यक्षमा सुशिलराज पराजुली छन् ।

सञ्चालक समितिमा राजेश अग्रवाल, प्रेम तिवारी, अशोक पाण्डे र रुपज्योती रहेका छन् ।पिडित संघका अध्यक्ष ज्ञानेन्द्र केसीका अनुसार प्रमुख कार्यकारी अधिकृत र अन्य सञ्चालक समितिका सदस्यले रकम फिर्ता गर्न माने पनि सञ्चालक रुपज्योति भने रकम फिर्ता गर्न हुन्न भन्ने पक्षमा छन् । १०० जना जति पिडित जम्मा भई भिबोर सोसाईटी डेभलप्मेन्ट बैंक चारखालमा नारा जुलुस गरेका थिए । भोली १२ बजे पाँच सय भन्दा बढी संख्यामा पिडितहरु उपस्थित भई बैैंक घेराउ कार्यक्रम रहेको र त्यसपछि पत्रकार सम्मेलन गर्ने पिडित संघका अध्यक्ष  केसीले  जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...