बाँदरलाई एचआइभी छैनः पशुपति विकास कोष



हाम्रो इकोनोमि

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रका बाँदर निरोगी रहेको र दर्शनार्थी आतंकित हुनुपर्ने अवस्था नरहेको बताएको छ । कोषले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै पशुपतिका बाँदरबाट तीर्थालु आतंकित हुनुपर्ने अवस्था नरहेको दाबी गरेको हो । नयाँ पत्रिकाले समाचार छापेको छ ।

पशुपतिमा बाँदरको आतंकबाट दर्शनार्थी पीडित भएको, एड्स, क्यान्सर रोग लागेका बाँदरबाट त्रसित हुनुपर्ने अवस्था आएको भन्दै गत वर्षको चैतमा सर्वोच्च अदालतमा रिट परेको थियो । सो रिट खारेजीको मागसहित कोषले सर्वोच्चलाई लिखित जवाफ पठाएको हो । सर्वोच्चले बाँदरको टोकाइ र आतंक रोक्न तथा भयमुक्त वातावरण बनाउन पशुपति क्षेत्र विकास कोष र सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

कोषले पशुपति क्षेत्रमा रोगी बाँदरको टोकाइले पर्यटकमा संक्रमण भएको भन्ने कुनै सूचना कार्यालयमा प्राप्तसमेत नभएको स्पष्ट पारेको छ । कुनै पनि नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा स्वतन्त्रतापूर्वक घुम्न पाउने वातावरणमा पशुपतिको बाँदरले अवरोध नपु¥याएको सर्वोच्चलाई पठाइएको पत्रमा उल्लेख छ । पशुपति क्षेत्रमा एचआइभी एड्स, क्यान्सर र रेबिज रोगका संक्रमित बाँदरहरू भएको र मन्दिरमा आउने भक्तजनको सुरक्षामा रोगी बाँदरबाट सम्भावित खतरा भएको भन्ने विषय कपोकल्पित रहेको कोषले दाबी गरेको छ ।

कोषले पशुपति क्षेत्रमा भएका बाँदरको स्वास्थ्यसँग सम्बन्धित विषय, बाँदरबाट मानिसमा सर्ने र मानिसबाट बाँदरमा सर्ने रोगको परीक्षण गर्न ‘सेन्टर फर मलिकुलर डायनमिक नेपाल’ नामक संस्थालाई मात्रै स्वीकृति दिइएको जनाएको छ । उक्त संस्थाले गरेको परीक्षणमा बाँदरमा कुनै रोग देखिएको थिएन । दोस्रोपटक १५ वैशाख ०७४ मा ग्रिनगार्ड नेपाल अनामनगरनामक संस्थालाई बाँदरहरूमा के–कस्ता रोग छन् भनेर स्वास्थ्य उपचारका लागि अनुमति दिँदा संक्रमण फैलने रोग नभेटिएको जनाएको छ ।

पशुपति क्षेत्रमा बाँदरको आतंक, विभिन्न रोगको संक्रमण बढेको र भक्तजनमा त्यसको संक्रमणको जोखिम बढेको भन्दै अधिवक्ता मधुर पाठकले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष र कोष सञ्चालक समितिलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकार र पशुपति क्षेत्र विकास कोषको नाममा बाँदरको आतंक रोक्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...