स्थायी कमिटी बैठकले के-के निर्णय गर्यो ?



काठमाडौँ/नेकपा (एमाले) स्थायी कमिटीको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र ऐतिहासिक संविधानसभाबाट निर्माण भएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझ सुदृढ गर्दै जनताको घरदैलोसम्म राज्यका निकायहरुको सेवा विस्तार गर्ने र मुलुकको आर्थिक समृद्धिका निम्ति राज्य र जनताको संयुक्त पहलकदमीलाई अघि बढाउन स्थानीय तहहरुमा जननिर्वाचित प्रतिनिधिहरुको उपस्थिति अनिवार्य रहेको कुरामा जोड दिएको छ।

। हालै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनपश्चात आम जनतामा उत्साहको सञ्चार देखापरेको छ । यो ऐतिहासिक आवश्यकतालाई मनन गर्दै लोकतन्त्रको सुदृढिकरण, संघीयताको संस्थागत विकास र जनतालाई अधिकारसम्पन्न बनाउन आउने असार १४ गते हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा सबै राजनीतिक दललाई उत्साहका साथ सहभागी बन्न बैठकले आह्वान गरेको छ ।

पहिलो चरणको निर्वाचनको अनुभवहरुलाई समेत ख्याल गर्दै हालै तीन राजनीतिक दलका बीचमा निर्माण भएको सहमती र प्रमुख प्रतिपक्षी दलको नाताले हाम्रो पार्टीले उठाउँदै आएका सवालहरुलाई समेत ध्यान दिंदै दोश्रो चरणको निर्वाचन निस्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न गर्न र सम्पूर्ण मतदाताहरुलाई भयरहित वातावरणमा मतदान गर्ने अवसर सृजना गर्न बैठकले नेपाल सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गरेको छ ।
बैठकले प्रदेश र मातहत कमिटीका सिफारिस तथा राय–सल्लाहका आधारमा निम्नानुसार उम्मेदवारहरुको निर्णय गरेको छ :
१. विराटनगर महानगरपालिका : प्रमुख – विनोद ढकाल (उपप्रमुखमा परिस्थितिको विश्लेषण र स्थानीय राय–सल्लाहको आधारमा निर्णय गर्ने अधिकार प्रदेश नं १ का संयोजक कमरेड भिम आचार्यलाई दिईएको छ ।)
२. धरान उपमहानगरपालिका : प्रमुख – तारा सुब्बा, उपप्रमुख – मञ्जु भण्डारी
३. इटहरी उपमहानगरपालिका : प्रमुख – द्वारिकलाल चौधरी, उपप्रमुख – लक्ष्मी गौतम
बैठकले हालै राष्ट्रिय जनता पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्नुभएका समिम मियाँ अन्सारीलाई पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनयन गर्ने निर्णय गरिएको पार्टी द्वारा जारी गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको सांसद पद के हुन्छ ?

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा

संविधान संशोधनका लागि कांग्रेस-एमालेको संयन्त्र बन्छ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र

रविविरूद्व कुन-कुन कसुरमा मुद्दा ?

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरूद्व आज कास्की जिल्ला

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ६० अर्ब रुपैयाँ खिच्ने भएको