नाडा अटो शो २०२६ को तयारी पूरा, दुई स्थानमा पार्किङ



हाम्रो इकोनोमि

 

 

काठमाडौंको भृकुटीमण्डपमा भोलि देखि सञ्चालन हुन लागेको ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स नाडा अटो शो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्ने उक्त मेलाका लागि अवलोकनकर्ताको सहजतालाई ध्यानमा राख्दै अग्रिम टिकट बुकिङ र दुई छुट्टाछुट्टै स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सम्पूर्ण तयारी पूरा भएको र २ सय ५ भन्दा बढी स्टल निर्माण भइसकेको जानकारी दिए । गत वर्षभन्दा फराकिलो र व्यवस्थित बनाइएको यस प्रदर्शनीमा ३५ चारपांग्रे ब्रान्ड, ७० पार्ट्स तथा सेवा कम्पनी र करिब ११ बैंक तथा वित्तीय संस्था सहभागी छन् ।

मेलाको प्रवेश शुल्क साधारणका लागि २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ तोकिएको छ । उक्त रकम खल्ती एप ९प्जबतिष्० वा आधिकारिक क्यूआर कोडमार्फत भुक्तानी गरी अग्रिम टिकट काट्न सकिने आयोजकले जनाएको छ । अवलोकनकर्ताको गाडी पार्किङका लागि नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनको भूमिगत पार्किङ र सिंहदरबारस्थित ट्रान्जिट परिसरमा व्यवस्था गरिएको छ ।

प्रदर्शनीस्थललाई चारपांग्रे, दुईपांग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, र ‘मेड इन नेपाल’ लगायतका प्याभिलियन गरी पाँच ब्लकमा विभाजन गरिएको छ । ह्विलचेयरमैत्री बनाइएको मेलास्थलमा बत्ती, एसी र पंखाको पर्याप्त व्यवस्था गरिएको छ । यसका साथै, मेलास्थलमा ट्राफिक व्यवस्थापन, सुरक्षा डेस्क, मिडिया डेस्क, क्याफेटेरिया, आकस्मिक सेवा उपलब्ध हुनुका साथै सीसीटीभी निगरानी र अग्नि नियन्त्रण प्रणालीसमेत जडान गरिएको नाडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...