७४ अंक घट्यो सेयर बजार



हाम्रो इकोनोमि

 

 

बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो कमीसँगै नेप्से २७७६ अंकमा कायम भएको छ । आज बजार खुलेदेखि दिनभर रातो अंकमा रह्यो । यसअघि आइतबार र सोमबार दुई दिनमा ११९ अंक घटेको बजार हिजो मंगलबार १९.७ अंक मात्रै बढेको थियो ।

बजारमा उच्च गिरावट आउँदा पनि आज कारोबार रकम करिब १ अर्ब बढेको छ । अघिल्लो दिन ११ अर्ब ११ करोडको कारोबार भएकोमा आज १२ अर्ब १० करोडको भयो । १३ कम्पनीको मूल्य बढ्यो, २५५ को घट्यो ।

बजारका सबै समूहगत सूचक घटेका छन् । अन्य समूह सूचक सबैभन्दा धेरै ५.२६ प्रतिशत घट्यो । नेपाल पुनर्बीमा कम्पनीको मूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशत घट्दा समग्रमा अन्य समूहको सूचक बढी प्रभावित भयो ।

त्यस्तै बैंकिङ २.३१, विकास बैंक ३.१८, फाइनान्स ३.०३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर २.८१, लगानी २.६७, जीवन बीमा २.०२, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स १.९९, निर्जीवन बीमा २.२२ र व्यापार समूह ३.९६ प्रतिशत घटे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । हालै बजारमा सूचीकृत भएका ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको हो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

नेपाल पुनर्बीमाको मूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशत घट्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ७.२८, नेसनल हाइड्रोपावरको ७.१७, शिवश्री हाइड्रोपावरको ७.००, हिमाल दोलखा हाइड्रोपावरको ६.४१ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी छन् ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...

उजुरी दिन साइबर ब्युरोमा अमिशा

    साइबर हिंसामा परेकी एमालेकी समर्थक अमिशा पराजुलीले आफ्नो चरित्र हत्या गर्ने...