चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक, अपत्यारिलो र जादुमय भएको टिप्पणी गरेका छन् । पार्टी मुख्यालय च्यासलमा ओलीले आफ्नो पार्टी आकारमा सानो भएकोमा चिन्ता नगर्न सांसदहरुलाई सुझाव दिए । निर्वाचनमा एमालेविरुद्ध सम्पूर्ण प्रहार केन्द्रीत गरिएको ओलीले बताए । रास्वपातर्फ ईंगित गर्दै उनीहरुलाई धेरैतिरको सहयोग भएको टिप्पणीसमेत गरे ।

ओलीले भने, निर्वाचन परिणामबारे धेरै टिप्पणी गर्ने बेला भएको छैन । यो निर्वाचन परिणाम अनपेक्षित, अस्वभाविक, अपत्यारिलो र जादुमय छ । हाम्रा विरोधिहरुले अथवा हाम्रा उद्देश्यका विरोधिहरुले हाम्रा विरुद्ध सम्पूर्ण प्रहार केन्द्रीत गरे । उनीहरुलाई धेरैतिरको सहयोग भयो । असभ्य, अश्लिल, गालीगलौज र कुप्रचारहरु भए । हाम्रो सभ्य शैलीले त्यसको प्रतिवाद गर्न सकेन । यस्तासँग के प्रतिवाद गर्ने भन्ने हिसाबले चुप लाग्ने प्रवृत्ति बढ्यो । डटेर सामना गर्न सकेनौं । सामाजिक सञ्जलमा हामीले बोल्न लेख्न सकेनौं ।
ओलीले महाभारतको कथामा कौरव र पाण्डवको प्रसंग सम्झिए । उनले भने, महाभारतमा कौरवको सेना धेरै ठूलो थियो । पाण्डवको सानो थियो । तर नतिजा सत्यको पक्षमा आयो । सत्यको पक्षमा आउँछ । राष्ट्रिय गौरवको झण्डालाई माथि उठाउने काममा हामी लागेका छौं ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...