सुनको भाउ तोलाको ३ लाख १८ हजार नाघ्यो



हाम्रो इकोनोमि

 

 

 नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । सुनआज एकैदिन तोला ९ हजार ५ सयले बढेर हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि ४३० रुपैयाँले बढेर ७ हजार ३०० कायम भएको छ ।

मङ्गलबार  सुनको मूल्य तीन लाख ९ हजार ३०० र चाँदीको मूल्य ६ हजार ८७० रुपैयाँमा काराेबार भएको थियाे । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
बागबजार र ववरमहलमा बक्स कल्भर्ट निर्माण हुने

    काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा...

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

  मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ...