रोल्पामा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गरेका विद्यार्थी बोकेको जीप दुर्घटनामा हुँदा २ जना विद्यार्थीको मृत्यु गएको छ भने ९ जना घाइते भएका छन् । सुनछहरी गाउँपालिका वडा नम्बर १ गाम खोलाको सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग१ज ६६६६ नम्बरको बोलेरो जीप गएराति दुर्घटना भएको हो ।

दुर्घटनामा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल विकको मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले बताए । मृतक दुवैजना राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।

दुर्घटनामा सुनछहरी गाउँपालिका वडा नम्बर ४ सिउरी का १५ वर्षीय हिमाल विक, १२ वर्षीया अमृता पुन, १४ वर्षीया जमुना विक, २४ वर्षीया अस्मिता विक, १६ वर्षीया पवित्रा पुन, १७ वर्षीय शनि विक, १२ वर्षीया विपना घर्ती मगर, १५ वर्षीय किसन घर्ती मगर र १५ वर्षीया हस्तिरा विक घाइते भएका छन् । घाइते ९ जनालाई रोल्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवलको लुम्बिनी सिटी अस्पताल बुटवलका रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
बागबजार र ववरमहलमा बक्स कल्भर्ट निर्माण हुने

    काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा...

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।...

सुनको भाउ तोलाको ३ लाख १८ हजार नाघ्यो

     नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...