सुदूरपश्चिममा अन्तराष्ट्रिय पाँचतारे चेन होटेलको तयारी



हाम्रो इकोनोमि

 

 

 होलिडे इन बाइ आइएचजि र क्लब चौलानी लिमिटेडबिच होटल व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौँमा भएको सम्झौतामा क्लब चौलानी लिमिटेडतर्फबाट अध्यक्ष डा. राजेन्द्र के. सी. र आइएचजी होटेल्स एन्ड रिसोर्टका दक्षिण एसिया प्रबन्ध निर्देशक सुदीप जैनले मङ्गलबार हस्ताक्षर गरेका छन् ।

धनगढीमा निर्माण हुन लागेको होलिडे इन्न बाई आइएजची, धनगढी सुदूरपश्चिम प्रदेशकै अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गतको पहिलो पाँचतारे होटल हुनेछ । होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहनेछन् ।

प्रमुख सुविधाहरूमा करिब १८,५०० वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, ७०० जनासम्म अट्ने भव्य ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल, बहु–परिकार रेष्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित आधुनिक फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलन कक्षहरू तथा विशेष निजी डाइनिङ सुविधा समावेश रहनेछन् । होटेलको कुल लगानी २ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

लगानीमध्ये करिब ६५% (रु. १४३ करोड) बैंक ऋण र ३५% (रु. ७७ करोड) प्रवर्धकहरूको स्व–पूँजी रहने छ । भारतको उत्तराखण्ड र उत्तर प्रदेशका प्रमुख सहरहरूसँग नजिक रहेको धनगढीले होटेल सञ्चालनपछि ठुलो सङ्ख्यामा भारतीय पर्यटकको आकर्षण गर्ने सम्भावना बोकेको अध्यक्ष डा. केसीले विश्वास व्यक्त गरे ।

होटेलले आइपिओसमेत जारी गर्ने छ । आइपिओ निष्काशन तथा प्रबन्धकका लागि गरिमा क्यापिटललाई प्रबन्धकको रूपमा नियुक्त गरिएको छ । होटल २०८४ सालको सुरुबाट सञ्चालनमा आउने व्यवस्थापन समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...