एमालेको एघारौं महाधिवेशन उदघाटन भक्तपुरमा
नेकपा एमालेको एघारौं महाधिवेशन उदघाटन समारोह भक्तपुरको सल्लाघारीमा हुने भएको छ । बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने छ । आज बसेको महाधिवेशन व्यवस्थापन सचिवालयको बैठकले महाधिवेशन उदघाटन स्थल र बन्द सत्र स्थलबारे निर्णय लिएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, महाधिवेशन उदघाटन स्थल सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुने गरी आज निर्णय भएको छ । नेकपा एमालेले यसअघि २७ मंसिरदेखि २९ मंसिरसम्म एघारौं महाधिवेशन गर्ने निर्णय गरेको थियो । यसअघि पोखरामा गर्ने निर्णय भए पनि पछि स्थान परिवर्तन गरी काठमाडौं उपत्यकामा गर्ने निर्णय भएको थियो ।


