सिंहदरबार र प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ



हाम्रो इकोनोमि

 

 

केही दिनयता जेन-जीका नाममा विभिन्न समूह आएर हुलहुज्जत र उच्छृंखल गतिविधि गर्न थालेपछि सिंहदरबारको मूलद्वार र भित्र सुरक्षा निगरानी बढाइएको छ । विभिन्न माग राख्न आएका जेन-जी समूहले प्रधानमन्त्रीसँग अनावश्यक र अमर्यादितरूपमा प्रस्तुत हुन थालेको, उच्छृंखल जमात देखिएकोले शान्ति सुरक्षा कायम गराउन प्रहरीले कडाइ गरेको हो ।

ज्ञापन पत्र भन्दै विभिन्न समूह माग बुझाउन आउने हो-हल्ला गर्ने हुन थालेपछि उनीहरूलाई दक्षिण गेटबाटै भित्र पस्न नदिने रणनीति रहेको सुरक्षा अधिकारीले बताएका छन् । त्यस्तै प्रधानमन्त्री कार्यालयको मुख्य गेटमा पनि प्रहरी तैनाथ गरिएको छ ।

जेन-जीका नाममा अनेक स्वार्थ समूह खडा भएर जेन-जीकै बलिदानमा बनेको सरकारलाई अप्ठ्यारो पारिरहेको भन्दै कसैलाई आउन नदिन निर्देशन दिइएको स्रोतले बतायो । हिजो मिराज ढुंगाना, रविकिरण हमाललगायतका गेटमै रोकिएपछि बाहिरै मागपत्र टाँसेर फर्किएका थिए ।

भित्र छिरेको एउटा समूह प्रधानमन्त्री कार्यालयको प्रतीक्षा हलमा हुलहुज्जत गरेर फर्किएको थियो । सुधन गुरुङ पनि मागपत्र खल्तीमा लिएर पुगेको थियो । आज पनि मिराजसहित प्रधानमन्त्रीलाई भेट्न गएको समूहलाई गेटबाटै लखेटेर प्रहरीले अनामनगरको पुलसम्म पुर्‍यायो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...