एमालेको महाधिवेशन प्रतिनिधि छनौटका लागि ५ बुँदे निर्देशन



हाम्रो इकोनोमि

 

 नेकपा एमालेको ११ औँ महाधिवेशनको प्रतिनिधि छनौटको अन्तिम तयारी भइरहँदा पार्टीको संगठन विभागले पाँचबुँदे निर्देशन जारी गरेको छ । पार्टी स्थायी कमिटी सदस्य एवम् संगठन विभागका प्रमुख काशीनथ अधिकारीका अनुसार हिजो साँझ विभागको भर्चुअल बैठकमार्फत केही निर्णय गर्दै पाँच बुँदे निर्देशन जारी गरिएको हो । अधिकारीका अनुसार निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्यरुपमा प्रकाशन गर्नुपर्नेछ ।

यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ । यसैगरी कायम भएको अन्तिम मतदाता सूचीको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ । यस्तै, १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र नभएमा १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी गरिएको छ ।

विभागको यो निर्देशनले कुनै पनि बहानामा १३ गते गर्नु पर्ने प्रतिनिधि छनौटलाई नसार्न निर्देशन गरेको छ । केही जिल्लामा प्रतिनिधिको उम्मेदेवारी दर्ता शुल्क अत्यधिक तोकिएको जानकारी आएकाले त्यसमा विभागले हस्तक्षेप गरेको छ । प्रतिनिधिमा उम्मेद्वारी शुल्क बढीमा १ हजार रुपैयाँ भन्दा बढी नलिन पनि निर्देशन गरिएको छ । प्रतिनिधि छनौटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेतालाई समयमै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनौट प्रक्रियामा सहजिकरण गर्न पनि विभागले निर्देशन जारी गरेको छ ।

मंसिर २७ गतेदेखि २९ गते काठमाडौँमा हुने पार्टीको ११ औँ महाधिवेशनको मंसिर १३ गते देशैभर र प्रवासमा पनि एकै दिन महाधिवेशन प्रतिनिधि छनौट हुँदैछन् । एमालेको महाधिवेशनमा करिब २ हजार २ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस
मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक चुनाव जित्छु : राजन भट्टराई

    नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. भट्टराईले आफ्नो...

दाङमा यस्ता छन् शंकर पोखरेलका योजना

    नेकपा एमालेका महासचिव तथा दाङको क्षेत्र नं २ का उम्मेदवार शङ्कर...

एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...