काठमाडौंमा एमालेको बागमती प्रदेशस्तरीय शक्ति प्रदर्शन
भदौ २३ र २४ गतेको घटनालाई प्रतिक्रान्ति र त्यसपछिको संसद विघटनलाई प्रतिगमन भनेको नेकपा एमालेले शनिवार काठमाडौंको भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय विरोध सभा आयोजना गरेको छ । त्यसअघि एमालेले रत्नपार्कलगायतका ठाउँका दशौं हजारको जुलुस निकालेका थियो ।
बागमती प्रदेशका उपत्यका वरिपरिका जिल्लाबाट समेत एमालेका कार्यकर्ता सहभागी प्रदर्शन व्यवस्थित र भव्य थियो ।विरोध प्रदर्शनपछि भृकुटीमण्डपमा आयोजित सभालाई अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले गरेका छन् । सभाको सञ्चालन एमालेका बागमती प्रदेश कमिटी सचिव नवराज सिलवालले गरेका थिए ।
एमालेको विरोध सभा र प्रदर्शनका केही प्रतिनिधिमूलक तस्बिर












