एमालेको फोर्ससँग कोही आत्तिनुपदैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको एमालेको युवा दस्ता युथ भोलेन्टियर फोर्स’ देशमा शान्ति, सुव्यवस्था कायम गर्न बनेको जिकिर गरेका छन् ।
शुक्रबार काठमाडौंमा कमाण्ड घोषणापछि सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यो फोर्स कसैका विरुद्धमा नभएको जिकिर गरे । यो कसैको विरुद्धमा बनेको होइन । हिंसा, आतंकका विरुद्धमा बनेको होइन, ओलीले भने । आफ्ना स्वंयसेवकहरू अनुशासित भएर काम गर्ने ओलीको भनाइ छ ।
यो स्वंयसेवक फोर्स कसैको अहितको लागि गठन भएको होइन । राष्ट्रिय हितका लागि गठन भएको हो ओलीको भनाइ छ, नेकपा एमालेसँग असहमति राख्ने वा यो संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षाका लागि यो गठन भएको हो । यसको गठनसँग कोही पनि आत्तिनुपदैन, तर्सिनुपर्दन ।
उनले राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था कायम गर्न नसक्ने रहेको भन्दै आफूहरूले फोर्स घोषणा गरेको बताए । यो देशमा शान्ति सुव्यवस्था कायम गर्न बनेको हो । राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था गर्न सक्ने अवस्था रहेन । औद्योगिक प्रतिष्ठानको रक्षा हुने अवस्था रहेन, ओलीले भने ।


