नेसनल भोलेन्टियर फोर्स घोषणाअघि एमाले युवाको मार्चपास



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्दैछ । फोर्स घोषणाअघि एमालेनिकट युवाहरू अहिले मार्चपासका लागि बानेश्वर क्षेत्र पुगेका छ्न् ।

उनीहरू माइतीघर मण्डलामा भेला हुने तयारी रहेपनि त्यहाँ जेन-जी घाइतेहरू अवरोध पुर्‍याउने योजनासहित धर्नामा बसेपछि बबरमहलमा भेला भइ युवाहरू बानेश्वरतर्फ अघि बढेका छन् । मधेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले र्‍यालीको नेतृत्व गरेका छन् । बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने छन् ।

सुरक्षा संवेदनशीलता बढेका बेला राज्यले अध्यक्ष ओलीलगायत नेताका सुरक्षाकर्मी फिर्ता लगेकोले पनि फोर्सको आवश्यकता बढेको एमालेको जिकिर छ ।

फोर्सले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहात तथा उद्धारमा सहयोग गर्ने उद्धेश्य रहेको एमालेले बताएको छ ।
समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३-२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...