नेसनल भोलेन्टियर फोर्स घोषणाअघि एमाले युवाको मार्चपास



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्दैछ । फोर्स घोषणाअघि एमालेनिकट युवाहरू अहिले मार्चपासका लागि बानेश्वर क्षेत्र पुगेका छ्न् ।

उनीहरू माइतीघर मण्डलामा भेला हुने तयारी रहेपनि त्यहाँ जेन-जी घाइतेहरू अवरोध पुर्‍याउने योजनासहित धर्नामा बसेपछि बबरमहलमा भेला भइ युवाहरू बानेश्वरतर्फ अघि बढेका छन् । मधेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले र्‍यालीको नेतृत्व गरेका छन् । बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने छन् ।

सुरक्षा संवेदनशीलता बढेका बेला राज्यले अध्यक्ष ओलीलगायत नेताका सुरक्षाकर्मी फिर्ता लगेकोले पनि फोर्सको आवश्यकता बढेको एमालेको जिकिर छ ।

फोर्सले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहात तथा उद्धारमा सहयोग गर्ने उद्धेश्य रहेको एमालेले बताएको छ ।
समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३-२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...