मोरङमा दुई बालिकाको हत्या



हाम्रो इकोनोमि

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको शव फेला पर्याे । लगाएको कपडा शवको दायाँ-वायाँ राखिएको अवस्थामा भेटिएको शवमा किरा परिसकेको थियो । दुर्गन्ध फैलिएपछि स्थानीयले हेर्दा शव फेला पारेका थिए । अन्दाजी १४–१५ वर्षकी बालिकाको पहिचान खुल्ने कागजात भेटिएन । शवकै छेउमा भेटिएका कपडा र चप्पलमार्फत खोजी गर्दा कोही सम्पर्कमा आएनन् । प्रहरी कार्यालयमा बालिका हराएको उजुरी पनि थिएन । चार महिनासम्म पहिचान नखुलेपछि बेवारिसे शव भन्दै अन्त्यष्टिका लागि विराटगर महानगरपालिकालाई पत्र पठायो । २१ असोज साँझ मोरङको लेटाङ नगरपालिका–२, स्कुलचोककी १३ वर्षीया अंशु गौतम घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भइन् । बेपत्ता भएको १८ दिनपछि अर्थात् ७ कात्तिकमा बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा उनको शव फेला पर्याे । शरीर र टाउको छुट्टिएको र कपडा नभएको अवस्थामा भेटिएको शवको पहिचान घटनास्थलमा फेला परेको चप्पल र कपडाका आधारमा भयो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...