यस्तो बन्दै छ एमालेको नेशनल भोलेन्टियर फोर्स



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले पार्टी, नेतृत्व, जनता  र देशको सुरक्षाका लागि नयाँ फोर्स बनाउने भएको छ । सो फोर्सकाे नाम ‘नेशनल भोलेन्टियर फोर्स’ रहने पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभयो । ‘नेशनल भोलेन्टियर फोर्स’लाई राष्ट्र, राज्य र संगठनकाे आवश्यकताका आधारमा परिचालन गरिने व्यवस्थित संरचनाका रूपमा विकास गर्न लागिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल, वाग्मती प्रदेशद्वारा सोमबार काठमाडौंमा आयोजित ‘युवा जागरण अभियान’ कार्यक्रममा सम्बोधन गर्दै उहाँले फोर्सको संरचना, नेतृत्व र परिचालनसम्बन्धी स्पष्ट प्रारूप तय भइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेशनल भोलेन्टियर फोर्स केन्द्रीय कमाण्डका आधारमा सञ्चालन हुनेछ । पाँच सदस्यीय ‘हाइकमाण्ड’मार्फत निर्देशन र व्यवस्थापन गरिने र आवश्यकताअनुसार टोल–टोलमा समेत सोही मार्फत ‘सुरक्षा समिति’ गठन गरिने तयारी भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, नेशनल भोलेन्टियर फोर्सले नीतिको नेतृत्व, राष्ट्रको सुरक्षा र राज्यका अप्ठेरा क्षणमा समेत भूमिकाको जिम्मेवारी वहन गर्नेछ, यसलाई व्यवस्थित रूपमा परिचालन गर्न हाइकमाण्ड प्रणाली लागू हुन्छ ।

ढकालले पार्टीका सबै तहबाट सिफारिसका आधारमा एकीकृत संरचना बनाउने तयारी भइरहेको बताउनुभयो । पार्टी जिल्ला कमिटीको सिफारिसमा प्रत्येक जिल्लाबाट एक–एक जना, प्रदेशबाट दुई–दुई जना तथा क्षमता र सक्रियताका आधारमा अन्य सदस्य समेटेर झन्डै २ सय २५ सदस्यीय केन्द्रीय कमाण्ड गठन गर्ने प्रक्रिया अघि बढाइको उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहसम्म पनि सुरक्षा संरचना विस्तार गरिने उल्लेख गर्दै उहाँले कामको मूल्याङ्कन र क्षमताको आधारमा नेतृत्व चयन गरिने तथा पार्टी नेतृत्वको परामर्शमा जिम्मेवारी तोकिने बताउनुभयो ।

फोर्सको औपचारिक घोषणा मंसिर ५ गते गर्ने तयारी रहेको ढकालको भनाइ छ । उहाँका अनुसार यो संरचना राजनीतिक गतिविधिमा मात्र सीमित नभई राज्यलाई अप्ठेरो परेको बेला समेत सहयोग र सुरक्षा प्रदान  प्रकृतिको हुने उहाँले बताउनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...